नियम १०४
जाँचबुझ गर्ने अधिकृतले अपनाउने कार्यविधि
(१) जाँचबुझ गर्ने अधिकृतलाई
देहायको कार्यविधि अपनाई विभागीय जाँचबुझको कारबाही चलाउने अधिकार हुनेछ ः–
(क) बयान गराउने, लिखित प्रमाणहरू दाखिल गराउने र साक्षीको
नाममा समाह्वान, जारी गर्ने आदि विषयमा अदालतलाई भए
सरहको अधिकार ।
(ख) अभियोग लागेको कर्मचारीको रोहवरमा सबुत प्रमाण बझ्ने ।
(ग) अभियोग लागेको कर्मचारीलाई साक्षीसँग जिरह गर्न र अभियोग
विरुद्ध सबुद प्रमाण दाखिल गर्ने मौका दिने ।
(२) उपनियम (१) बमोजिमको जाँचबुझको काम सकिए पछि आदेश दिन
पाउने अधिकारी समक्ष जाँचबुझ अधिकृतले प्रतिवेदन पेश गर्नु पर्नेछ । निजले त्यस्तो
प्रतिवेदनमा सजाय सम्बन्धी कारण सहितको आफ्नो ठहरको साथै जो भएको सवुद प्रमाण
पनि दाखिल गर्नृु पर्नेछ ।